Which model ? 
सात सालदेखि अल्झिएको संविधान सभाको निर्वाचन आगामी जेठ महिनाभित्रै गर्ने सहमति आठ दलबीच भएको छ । यद्यपी तराईमा उत्पन्न तनावले प्रस्तावित तिथिमै निर्वाचन हुने हो कि होइन भन्ने आशंका उब्जिएको छ । यही स्थितिमा पनि निर्वाचन आयोग भने जोडतोडले निर्वाचन तयारीमा जुटेको छ । 
विडम्बना चाहिँ के छ भने जेठमा हुने भनिएको निर्वाचनमा कुन प्रणाली अपनाउने भन्ने निधो हुन सकिरहेको छैन । राजनीतिक दलमात्र होइन निर्वाचन प्रणालीका बारेमा विज्ञ र नागरिक समाजका अगुवा समेत आ-आफ्नो मान्यता अगाडि सारिरहेका छन । निर्वाचन प्रणाली कुन कुन हुन सक्छन र तिनको सकारात्मक र नकारात्मक पक्ष के हुन भनेर केलाइएको पाइदैन । यस्तो जानकारी नगराएर जनतालाई भ्रमित पारिदैछ ।
विश्वमा हाल पाँच वटा निर्वाचन प्रणाली चर्चित छन । त्यसमध्ये कुनै एक अपनाउनु उचित हुने विज्ञहरुको राय छ ।
पाँच प्रणालीमध्ये दक्षीण एसियाका प्रजातान्त्रिक मुलुक भारत र बंगलादेशमा पहिलो हुने निर्वाचन प्रणाली कायम छ भने श्रीलंकामा समानुपातिक प्रतिनिधित्वको आधारमा हुने निर्वाचन प्रणाली कायम छ । नेपालमा पनि यसअघि पहिलो हुने निर्वाचन प्रणाली अपनाइएको थियो । अहिले चाहिँ मिश्रित या समानुपातिक के अपनाउने भनेर व्यापक चर्चा चलिरहेको छ ।
नेपालमा संविधान सभाको निर्वाचनका लागि कुन पद्धति अपनाउने भनेर बहस चलिरहेको बेला संसारभर अपनाइएका पांच निर्वाचन प्रणाली र तिनका फाइदा÷वेफाइदा यहां राखिएको छ ।
पहिलो हुने निर्वाचन प्रणाली- 
फाइदा-पहिलो हुने निर्वाचित हुने जनता प्रति जवाफदेही हुने विपक्षको वलियो उपस्थिति
जनताको अगाडि विकल्प हुन्छ अतिवादीहरुलाई हटाउंछ कार्यान्वयनमा सजिलो ।
वेफाइदँ-सबैभन्दा धेरै मत ल्याउने वाहेक अरु सबै पराजित हुन्छन अन्य भाषाभाषी र महिलाहरुलाई हटाउंछ मतदानमा अनुपस्थित रहनेको अधिकार सुरक्षित नहुने बारम्बार उपनिर्वाचनको खतरा धेरै मत खेर जाने सिमा निर्धारणको जटिलता ।
मिश्रित-
फाइदा-समानुपातिकता समावेशीकरण राजनीतिक रुपमा छिटो सहमति हुन सक्ने मत कम खेर जाने भौगोलिक प्रतिनिधित्व हुने ।
वेफाइदा-जटिल प्रणाली दुई वर्ग वा पार्टीका प्रतिनिधि मात्र निर्वाचित हुने खतरा जनतामा आधारित भन्दा पनि कुटनीतिमा आधारित मतदान हुने उप निर्वाचन भैरहने सिमा निर्धारणको जटिलता ।
समानुपातिक प्रणाली-
फाइदा-समानुपातिकता समावेशीकरण मत कम खेर जाने अल्पसंख्यकको प्रतिनिधित्व महिलाको प्रतिनिधित्व सिमा निर्धारणको झन्झट नहुने उपनिर्वाचनको आवश्यकता नरहने एक-दुई दलमात्र निर्वाचिन हुने अवस्था नरहने ।
वेफाइदा-भौगोलिक प्रतिनिधित्व कमजोर हुने निर्वाचित व्यक्ति जनता प्रति सोझै जवाफदेही नहुने जहिले पनि गठवन्धन सरकारको सम्भावना दललाई सत्ताबाट हटाउन प्रायः असम्भव बढी शक्ति हुने भएको दलहरुमा निरकुंश प्रवृत्ति हावी हुन सक्ने ।
दुईचरण निर्वाचन प्रणाली- 
फाइदा-छनौटको लागि दुई पटक मौका हुने मत विभाजन कम हुने मजबुत भौगोलिक प्रतिनिधित्व बुझन सरल । 
वेफाइदा-बढी खर्चालु परिणाम आउन लामो समय लाग्ने उपनिर्वाचन भैरहने वहुदललाई दुइदलीय व्यवस्थामा सिमित गर्ने खतरा सवै वर्ग र जातिको प्रतिनिधित्व नहुने खतरा
समानान्तर प्रणाली-
फाइदा-समावेशी अल्मसंख्याकको प्रतिनिधित्व महिलाको प्रतिनिधित्व जनताप्रति जवाफदेही हुने कार्यान्वयन सजिलो मत कम खेर जाने ।
वेफाइदा-जटिल प्रणाली दुई वर्ग वा पार्टीका प्रतिनिधि मात्र निर्वाचित हुने खतरा उपनिर्वाचन भैरहने, सिमा निर्धारणको जटिलता रणनीतिक मतदान भौगोलिक रुपमा समानुपातिक नहुने