मन्त्रिपरिषदको चोर कुरा
by
Nepal Info
on Thu 01 Mar 2007 07:58 AM CET |
Permanent Link
|
Cosmos
Is is good decission ?
हुन त मन्त्रिपरिषदले तीन दिन अघि गरेको निर्णयको कुरा हो । तर यसको गहिरो विश्लेषण कसैले नगरेकाले म त्यो चोर निर्णय हो भनेर ठहर गर्दै यो टिप्पणी लेखिरहेको छु ।
खासमा कुरा के हो भने प्रजातन्त्र दिवसका दिन राजा ज्ञानेन्द्रले माध १९ को शाही कदको प्रतिरक्षा र जनताको बलीदानीपूर्ण आन्दोलनको उपेक्षा गर्दै दिएको अभिव्यक्तिका लागि कारबाही हुनुपर्ने चर्को दवाव खोप्न नसकेर गिरिजाप्रसाद कोइरालाको जहाजमा चढेको सात दलको सरकारले ज्ञानेन्द्रमाथि कारबाही गर्ने निर्णय गरेको छ ।
तर निर्णय ज्यादै हास्यास्पद छ । त्यो निर्णयले राजालाई करबाही गर भनेर निर्देशन दिने माओवादी सम्मिलित अन्तरिम संसदलाई समेत गिज्याएको छ । राजालाइ राजनीतिक निर्णयका आधारमा कारवाही गर्ने भनेर उनीमाथि कारबाही नगर्ने षडयन्त्रपूर्ण निर्णय मन्त्रिपरिषदले गरेको छ ।
के राजामाथि कारबाही गर भनेर सरकारलाइ संसदले दिएको निर्णयको यो अवज्ञा भएन र । के जनताले सडकमा उठाएको आवाजको उपेक्षा भएन र । पक्कै भएको छ ।
जसरी २४ जनाको हत्या भएको जनआन्दोलनका अभियुक्त राजा ज्ञानेन्द्रमाथि कारबाही गरिएन त्यसै गरी अहिले पनि मन्त्रिपरिषदले उनलाइ सफाइ दिएको छ । यो त कारबाही नभै क्लिन चिट पो हो । यसो यस्तो गम्भीर विषय त संसदमा उठाउनु पर्ने हो र सरकारलाई कि निर्णय फेर्न कि सत्ताच्यूत गर्नु पर्ने हो । तर सत्ताको मुख ताकिरहेको माओवादीबाट समेत यो आशा गर्न नसकिने भएको छ, अन्त्य जावाको त के कुरा गनु र ?