Letter from USA 

लोकतान्त्रिक गणतन्त्र नेपालका लागि उत्तर अमेरिकी संजालले वासिङटन डीसी महानगर क्षेत्रका नेपाली नागरिक समाजको सहकार्यमा सन २००७ मार्च ४ तारिखका दिन डीसी महानगर क्षेत्रको आर्लिङटनको सेन्टर लाइव्रेरीमा आयोजना गरेको सार्वजनिक सभाले नेपालमा निरपेक्षिय संघीय गणतन्त्रका लागि भइरहेको न्यायपूर्ण  संघर्षप्रति ऐक्यवद्दता जनाएको छ ।
सभाले समावेसी गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्दै दीर्घकालीन शान्ति विकास र सामाजिक न्यायको प्रवर्द्धन तथा जाति जनजाति भाषा संस्कृति प्रदेश एवं लँैगिक विभेदको अन्त्य गरी नयां नेपाल निर्माणमा आफ्नो स्वामित्व र सहभागीताका लागि संघर्षमा उत्रिएकाहरुको राजनीतिक तथा सामाजिक मुक्ति आन्दोलनमा सहभागीता जनाउन कर्मण मनसा वाचा कटिवद्धता व्यक्त गरेको छ ।
आन्दोलनलाई उत्साह प्रदान गर्न सभाले निम्न लिखित निर्णयहरु पास गरी प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाइ पठाएको छ । सभामुख नेपाली काँग्रेस माओवादी एमाले नेपाली काँग्रेस प्रजातान्त्रिक नेपाल कम्युनष्ट पार्टी  एकता केन्द्र मसाल नेपाल मजदुर सान पार्टी नेपाल सदभावना पार्टी आनन्दीदेवी संयुक्त वाममोर्चा राष्टिय प्रजातन्त्र पार्टी राष्टिय जनशक्ति पार्टी नेपाल पत्रकार महासंघ नेपाल वार एशोसियसन र नेपाल प्राधापक संघलाइ पनि वोद्यार्थ पठाइएको छ । संजालले पूर्व पच र मण्डलेहरु समेटिएको प्रजातन्त्र पार्टी र जनशक्तिलाई पनि आन्दोलनकारी शक्तिकै कित्तामा राखेर वोद्यार्थ पठाएको छ ।
सभाले गरेका निर्णयः-
मुख्यतः दलित महिला मधेशी जनजाति तथा अन्य किनारिकृत समुदाय तथा साधारणतः सम्पूर्ण नेपालीहरु जो निरपेक्ष संघीय गणतन्त्रात्मक शासन व्यवस्था मार्फत गत अपि्रल महिनाको जनउभारको परिणाम र भावनालाई संस्थागत गर्दै दिगो शान्ति सामाजिक न्याय राष्ट्रिय नीति निर्माणमा समानुपातिक प्रतिनिधित्व हुनुपर्ने जाति जनजाति धर्म-िलंग भाषा-संस्कृति लैंगिक उन्मुखता भौगोलिक बसोबास साधन स्रोत र शक्तिसम्मको पहँुचको आधारमा हुने भेदभावको अन्त्य गरिनुपर्ने संघीय निरपेक्ष गणतन्त्र अन्तर्गत आवाज जीवन विकल्पहरु नीति निर्माण र विकास प्रकि्रयामा नागरिकको पहँुच हुनुपर्ने जस्ता सवालमा गंभीर छलफल गर्दै निम्नलिखित निर्णयहरु प्ाास गरिएका हुन् ।
१० वास्ताविक सम्प्रभूसत्ता नेपाली जनतामा निहीत गर्न राष्ट्रिय नीति निर्माण प्रकि्रयामा नेपाली जनताको स्वामित्व र अपनत्वको भावना उजागर गर्न तथा सदियौंको सामन्तवादी  संस्कारको मुठीभित्र उकुसमुकुस भएका जनतालाई स्वतन्त्रता प्रदान गर्न निरपेक्ष संघीय गणतन्त्रात्मक शासन व्यवस्था नै सर्वोत्तम तथा सर्वोचित भएको ठहर गर्दछ ।
२० नेपाली नागरिकहरुका सामाजिक भाषिक राजनीतिक तथा आर्थिक अधिकारको प्रत्याभूती दिन निरपेक्ष संघीय गणतन्त्रात्मक शासन व्यवस्था नै सर्वोत्तम तथा सर्वोचित भएको ठहर गर्दछ ।
३० नेपाल सरकार र नेकपा माओवादी बीच भएका सन्धी सम्झौता र समझदारीका आधारमा अन्तरिम सरकार गठन गरी ०६४ जेठ महिनामा हुने भनिएको संविधान सभाको निर्वाचनको मिति यथाशिघ्र तोकी निर्वाचन प्रकृया शुरु गरिनु पर्दछ । सो समयमा निर्वाचन नहुने देखिएमा वर्तमान अन्तरिम संविधान २०६३ लाई यथोचित यथाशीघ्र संशोधन गरी वर्तमान अन्तरिम व्यवस्थापिकाबाट नेपाल राज्यलाई निरपेक्ष संघीय गणतन्त्र घोषणा गर्नु सबै नेपालीका लागि सर्वोत्तम हित हुने कुरा ठहर गर्दछ ।
४० जनआन्दोलन ०६२र०६३ मा भएको मानवअधिकार उल्लंघन ज्यादती दमन र आर्थिक अनियमता लगायतको छानवीन गर्न गठित उच्चस्तरिय रायमाझी आयोगको प्रतिवेदन   सार्बजनिक गरी दोषिहरुमाथि कार्वाहि प्रकृया शुरु गरियोस ।
५० देशका विभिन्न क्षेत्रमा भइरहेका न्यायपूर्ण आन्दोलनका मागहरुलाई समयमै पहिचान गरि उचित सम्वोधन गरिनु पर्दछ ।
६० देशमा निर्माण भइरहेको शान्तिप्रकृया विथोल्न खोज्ने लोकतन्त्र विरोधी घुस पैठलाई नियन्त्रण र कार्वाही गरिनु पर्दछ ।
७० मौजुदा नियमनिमावलीहरुमा यथाशीघ्र यथोचित संशोधन गरी नेपाल बाहिर रहेका नेपाली नागरिकहरुलाई राष्ट्र निर्माणको यस ऐतिहासिक घडीमा संविधान सभाको निर्वाचनमा मतदानद्धारा आफ्ना निर्णयहरु राख्ने व्यवस्था गर्न सरकारलाई अभिप्रेरित हुनुपर्ने ठहर गर्दछ ।
८० अन्तरिम संविधानलाई यथाशीघ्र यथोचित संशोधन गरी हरेक राजनीतिक दलले अन्तरिम व्यवस्थापिकामा महिला युवा तथा अन्य भेदभावको चपेटामा परेका समुहको उचित प्रतिनिधित्व गराउने व्यवस्था गर्न निर्णय गर्नुपर्ने ठहर गर्दछ ।
९० नेपाल सरकारले विदेशमा रहेका नेपालीहरुका विस्तृत ज्ञान र प्राविधिक क्षमताको आवश्यकता देखेर सहयोग र परामर्शको लागि अनुरोध गरेमा हामी नेपाल सरकारको आग्रहलाई उत्साहका साथ सहयोग गराउन तयार छौँ भन्ने कुराको ठहर गर्दछ ।