What cooking ?


राजा ज्ञानेन्द्र र युवराज पारस अहिले के गर्दै होलान ? यो प्रश्न आम नेपालीको मनमा छ ।
राजाले फागुन ७ गते दिएको वक्तव्यबाट देखियो कि उनी जनताको चाहनामाथि कुठाराघात गर्ने घातक मनसाय बोकेर बसेका छन । यही बीचमा कुनै बेलाका गुण्डा, गजडी र हत्याराको नामले सम्बोधन गरिने पारसको कर्तुत पनि खुलस्त भएको छ ।
हो हिजो संसदमा माओवादीले पारसको कर्तुत सार्वजनिक गरेको छ । आठदलका गणतन्त्रवादी नेताहरुको हत्या गर्ने दरबारले ६० करोड रुपैया खर्च गरेको माओवादीले बताएको छ ।
गणतन्त्रपक्षधरमाथि आक्रमण गर्न पारसको सकि्रयतामा गुण्डादस्ता परिचालन गरिएको र सेनालाइ भडकाउन सीडी बाडिएको पनि बताएको छ ।
माओवादी नेता जनार्दन शर्माले यस्तो सीडी सभामुखलाइ दिएका छन । यो सिडीबारे जानकारी गृह मन्त्रीलाइ पनि दिइसकिएको छ ।
यसबाट दरबार कति घृणित काम गर्दो रहेछ भनेर खुलस्त भएको छ । उसो त सात सालको परिवर्तनपछि पनि त्यसलाइ समाप्त पार्न खुकुरी दल दरबारले नै खोलेको थियो । यस्तै ०४६ को परिवर्तन विरुद्ध पनि पटक पटक यस्ता कुकार्य दरबारले नै गराएको हो ।
हुन त दाजु मारा ज्ञानेन्द्रले यस्तो गरेकामा के आश्चर्य मान्नु । र पनि जनता विरुद्ध गरेको षडयन्त्रवापत उनी दण्डित हुनै पर्छ अहिलेको राज्य या राजनीतिक दलमा त्यो हुति देखिएन भने अब जनताले जाइ लाग्न ढिला गर्नु हुदैन ।