No inclusive !!!  

(हरेक नेपाली महिनाको पहिलो शनिबार नेपाली ब्लगरहरुको भेला हुन थालेको छ । त्यही क्रममा हिजो भेला सम्पन्न भयो । भेलामा सहभागिहरुको सामुहिक तस्विर नेपालीभ्वाइसेसबाट लिइएको हो । तस्विरमा देब्रेतिरबाट उभिएका छन जेम्स जोमेक, रामप्रसाद दाहाल (म), दिपक अधिकारी,राजन मानन्धर, मोहमत ताजिम र घनश्वाम खडका र बसेकाहरुमा क्रमसः तपस थापा, रोशा बस्नेत, उज्वल आचार्य, केपी ढुंगाना उत्सव पोखरेल।)

नेपालमा समावेशीकरणको मुद्धा जति चर्किरहेको छ त्यती नै समावेशीकरणको स्थिति खस्कदो छ ।
अरु त के सूचना प्रविधिको लाभ लिदं अभिव्यक्ति स्वतन्त्रताको चरम उपयोग गर्ने ब्लगरहरुको जमातमा समेत यस्तै हालत छ ।
नेपाली ब्लगरहरुको भेलामा हिजो म पनि उपस्थित भएको थिए । यो तेस्रो भेला थियो । मैले नेपाली भ्वाइसबाट भेलामा सहभागिहरुको सामुहिक तस्विर राखेको छु । त्यही तस्विरमा नेपाली ब्लग क्षँेत्रमा महिला सहभागिताको कमजोर उपस्थितिमात्र देखिदैन दलित जनजाति र मधेसीको त नाम निसाना नै देखिदैन । मैले चािहं उपस्थितिलाई ब्लगरको नभै ुबोकाहरुको भेला त्यही कारण भनेको हु कि भेलामा जम्माजम्ती एकजनामात्र नारी थिइन । १० जना पुरुष र एक जनामात्र नारी भेलामा उपस्थिति थियौं ।
यद्यपी हिजोको भेलाको सकारात्मक पक्ष नै मान्नुपर्छ कि एक जना िसंगापुरका ब्लगरबाट केही सिक्न पाइयो । िसंगापुरबाट आएका ब्लगर जेम्स जोमेकले ब्लगको बारेमा केही अनुभव र सम्भावनाहरु हामीसंग बाडे । जुन हाम्रा लागि प्रेरणादायी कुरा हो ।
म भेलाका सहभागिहरुलाइ आग्रह गर्दछु कि ब्लगर समुदायष् समावेशी हुनुपर् यो । लंगिक हिसाबले बोकाहरुमात्र रहनु भएन । आफूलाइ संचारको आधुनिक प्राणी ठान्ने हामीले यो कुरामा ध्यान दिने कि नदिने । बेलैमा सोचौ है । 
नत्र हाम्रो ब्लगर एशोसिएसन बनाउने काम पनि खल्ला' हुनेछ । राज्य जस्तै, त्यो एशोसियसन हुनेछ र भविश्यमा त्यसलाई समावेशी बनाउन एकप्रकारको आन्दोलन उठनेछ ।