नेपाली संचारमाध्यमहरु राजनीतिक दौडधुपको समाचारले रंगिरहेका छन । हिजो प्रचण्ड र गिरिजाको भेट भयो रे गिरिजाले संविधान सभाअघि गणतन्त्र घोषणा गर्ने माओवादी प्रस्ताव अस्वीकार गरे रे । माधव नेपाल र गिरिजाको भेट भयो रे अमेरिकी राजदुत र भारतीय राजदुत नेताहरुको घरघरमा पुगे रे ।
यी र यस्ता समाचारलाइ ताजा मान्छन नेपालका अखबारहरु । खोजबिन छैन जनतासंग जोडिएका विषय अखवारका पानामा पढन पाउनु ठूलो कुरा भएको छ ।
म चािहं आज तपाइहरुका लागि खुसीको खबर सुनाउदै छु । आज म िसंहदरबार छिरेको थिए । प्रधानमन्त्रीको कार्यालय पनि छिरे । त्यहां बस्ताबस्दै एउटा जानकारी पाए-लोडसेडिङको समय घटदै् छ ।
हुन पनि केही दिन यता लोडसेडिङको पुरातो तालिका निकम्मा भैसकेको छ कहिले बत्ति जान्छ भन्यो जादैन कहिले जादैन त होला भन्यो त्यही बेला जान्छ । जे होस राजधानीमा लेडसेडिङको समय चािहं पक्कै घटेकै छ ।
यद्यपी यो समयमा हेरफेर भएको जानकारी सम्बन्धित निकायले गरेको छैन । प्राप्त जानकारी अनुसार अहिले विद्युत प्राधिकरण लोडसेडिङको दैनिक ६ घण्टाको समयलाइ घटाउन सकिन्छ कि भनेर गम्भीर गहृकार्यमा जुटेको छ । अब हामी अध्यारा समय कम भोश्ग्न पाउने भयौ कि ।

                                                                     -रामप्रसाद दाहाल