आदरणीय पाठकहरु, मेरो एडमिन नख्ुलेकाले लामो समय तपाइहरु समक्ष क्ुनै ख्ुराक पस्किन नपाएकोमा क्षमा चाहन्छ्ु, के गर्ने प्रविधिले मलाइ धोका दियो, मैले तपाइहरुलाइ धोका दिए । तर नियतवस होइन है। जे भए पनि एक महिनापछि नै सही उही ब्लगको ख्ुराक थालीमा पस्किएको छ्ु, चाख्न्ुस है यसको स्वाद ।

(८ बैशाख २०६४ का दिन थापाथलीस्थित पि्रmडम फोरममा भएको भेलामा सहभागि ब्लगरहरुको साम्ुहिक तस्विर)

एक महिनाअघि ब्लगरहरुकै भेलाको एउटा सामाग्री पस्केको थिए, त्यसले ब्लगरहरुमाझ निकै चर््चा पाएछ । त्यो भेलामा जम्माजम्मी एक जना महिला ब्लगर थिइन, उनले मसंग नभै उज्वलजीसंग ग्ुनासो गरिछिन, म ह्ुंदाह्ुंदै बोकैबोकाको भेला भन्ने भनेर । त्यो क्ुरा बल्ल हिजो थाहा पाए । त्यस्तै दलितलाइ आफ््नो ब्लगको सामाग्री बनाउदै आएका साथीले पनि बोकैबोकाको भेला भनेर लेख्न्ुभएछ नि भनेर सोध । त्यस्तै हिजो गठित ब्लगानका संयोजक उज्वल आचार्यले त भेलामै भने पहिला समावेशी नभएकोमा चित्त द्ुखाउने आरपी (रामप्रसादजी) नै हो, आज गठन ह्ुने समितिमा को को महिला राख्ने भनेर उहांले नै भन्न्ुपर््छ भनेर ।

हिजो करिव २० जना ब्लगर भेलामा उपस्थित थिए, त्यो विगतको त्ुलनामा एकहदसम्म समावेशी र समभागिताम्ूलक नै थियो । महिलाको संख्या उल्लेख्य थियो, एक जना सही दलितको पनि उपस्थिति थियो । तर, मोफसलबाट क्ुनै ब्लगरलाइ बोलाइएको रहेनछ । अनि प्रवासी ब्लगर पनि त छन, तिनलाइ पनि निम्तो प्ुगेनछ क्यार । जे होस ढिलो चाडो प्रवासी र मोफसलका ब्लगरलाइ पनि यो मञ्चमा समेटन्ु पर्छ भन्ने मेरो सशक्त माग छ ।

अब म हिजोको क्ुरा गरौं । ब्लगर भेलामा परिचयको क्रम चलेको थियो, त्यति बेला धेरैले आफनो नामदेखि सम्बद्ध ब्लगको पहिचान दिए, तर ब्लगर आम्बिका गिरीले चाहिं नाममात्र भनेर अरु क्ुरा नगरौ भन्दै म्ुख बन्द गरिन । यस्तै कार्यसमितिमा बस्न आआफ्ूले आफ््नो नाम प्रस्ताव गर्ने भनियो, त्यस क्रममा केपी ढ्ुंगानाले हतारहतार आफ््नो नाम भने, अनि अरुअरुले नाम भने, मैले पनि भने । संयोजक प्ुरुष राखिएकाले महिलालाइ उपसंयोजक राख्ने विषय निकै जोडतोडले उठ््यो, तर क्ुनै महिलाले दावी पेश गरेनन । हिच्किचाए । हामीले धेरै कर गर््यौ तर कसैको रुची देखिएन । 

रोसाको नाम प्रस्ताव गरे, तर उज्वलजीले नै बच्चि बनिदिए । अनि सदस्यमा कम्तिमा द्ुइ जना महिला राखौं भने मैले, त्यसमा चाहिं एकजना अविनाशीले म बस्छ्ु भनिन््, अर्की कोही देखिइनन । अनि उनै रोसाकै नाम पास भयो ।

अ अझ एक जनाको रोचक क्ुरा छ, मेरो संसारका उमेश श्रेष्ठले आफ्ूलाइ दावी गरेनन । अनि हामीले नै उमेशजीको नाम टिप्न भन्यौ, त्यति बेला उनले उत्तर फर्काएका थिए–के म महिला हो र ?Ú तर पछि उनी समितिमा बसे ।

यस्तै यस्तै गरी हिजो एघार सदस्यीय समिति बनेको छ । समितिमा रहेकाहरु (मलगायत)लार्ई वदाइ र सफलताको कामना । एक महिनाभित्र ब्लगि�ङ सम्बन्धि एउटा प्ुस्तक निकाल्ने निधो भएको छ, यो कामबाटै ब्लगानको भावी दिशा तय ह्ुनेछ ।

अ अनि समिति बनाउने क्ुरामा सीमाविद व्ुद्धिनारायण श्रेष्ठ जस्ता कपाल फ्ुलेका व्यक्ति पनि हिजोको भेलामा देखिए । उनलाइ समितिमा राख्न भनिएको थियो, तर उनले पछि बसौला भने, उज्वलले उनलाइ फेसिलेटिटरको पद सिजना गर्नेै भनेर मख्ख बनाइदिए । हामी हेरेको हे¥यै भयौं ।