Rajdhani daily publisher as a criminal !!!  
१९ माघपछि राजाको निरंकुश सत्ताको जुठो चाटेको राजधानी दैनिकका प्रकाशक महेन्द्र सेरचन अपराधिक अभियुक्तकाका रुपमा लिन मिल्ने भएको छ ।
श्रम अदालत काठमाडौंले आफनो आदेशको अवहेलना गरेकोमा कारबाही चलाउन थालेको छ । 
अदालतका न्यायाधीश शेषराज सिवाकोटीको इजलासले २२ असोजका दि अदालतले दिएको फैसला कार्यान्वयन नगर्नुको कारणसहित सात दिनभित्र स्वयम अदालतमा उपस्थित हुन आदेश दिएको छ । 
शाहीकालमा निकालिएका पत्रकार रामप्रसाद दाहालले अदालतको अपहेलनामा कारबाही गरिपाउ भनी दिएको निवेदनका आधारमा यस्तो आदेश दिइएको हो ।
सेरचन स्वयम अदालतमा उपस्थित नभए अदालतले प्रहरीको सहयोगमा पक्राउ गरी वयानका लागि अदालतमा ल्याउन सक्नेछ । 
फैसला कार्यान्वयन नगरे उनीमाथि अदालतले दुई महिनाको जेल सजाय वा पांच सय रुपैया जरिवाना वा दुबै सजाय तोक्न सक्नेछ । 
यदि यो स्ििथतमा पुगियो भने सेरचन फैजदारी अभियुक्त किटानी हुनेछन जसले नेपालभित्रै गैरनेपालीको दर्जा पाउनेछ ।