New fact on Praven killing

–प्रविण गुरुङ हत्या प्रकरण-
(पारसले चलाएको सवारीले हिचेर हत्या गरिएका प्रविण गुरुङ प्रकरण फेरि बल्झिएको छ । नयां पत्रिकाले हालै छापेको नयाँ तथ्य जस्तोको तस्तैः–)
प्रविण गुरुङ हत्याकाण्डका दोषी तत्कालिन शाहज्यादा पासरसले आर्थिक प्रलोभन दिएर गुरुङकको परिवारलाई शान्त रहन दबाब दिएको खुलासा भएको छ । तर परिवारको हेरचार र छोराछोरीको शिक्षाका लागि पारसले  दिने भनेको पैसा अरुले नै दिएको पनि पुष्टि भएको छ । पारस र प्रविणकी श्रीमती शान्तीबीच मध्यस्थकर्ता सुरेन्द्र गुरुङले नयाँ पत्रिकालाई दिएको सनसनिपूर्ण जानकारी अनुसार पारसले प्रविणकी श्रीमती शान्तिले १६ लाख ५० हजार रुपैया पाएकी हुन् । तर त्यसमा पारसले जम्मा ५० हजार दिएका हुन् ।
ुसाढे १६ लाख नपाएसम्म शान्ति दिदी चुप नलाग्ने भइन् । तर पारसले यताउता गरेर ५० हजार जुटाए । पारसका साथी सिद्धार्थ शमसेरले १० लाख रुपैयाँ दिएँ । ६ लाख मैले जम्मा पारेँु सुरेन्द्रले भने ।
तर शाहज्यादा पारसले ज्यान मारेको आरोप लगाउँदै सडकमा पचासौं हजारको जुलुश निस्कदा पनि पारसका बाबु वर्तमान राजा ज्ञानेन्द्र ले एकपैसा पनि ननिकालेको सुरेन्द्रले बताए । ुछोरासँग पैसा नहुने बाऊे फुटेको पैसा ननिकाल्ने । हामी बीचमा फस्यौंु सुरेन्द्रले भने ।
सुरेन्द्रकै बयान-

मेरो नाम सुरेन्द्र गुरुङ हो । कास्की जिल्लामा जन्मिएको म अहिले महाराजगाजमा बस्छु । म प्रोफेसनल बक्सर हुँ । खेलकूदमा दरबारका मान्छे थुप्रै थिए । तिनैको संगतबाट मेरो पनि तत्कालीन युवराज दीपेन्द्र र शाहज्यादा पारससँग चिनजान भएको हो ।
शाहज्यादा पारस शाहको गाडीले कलाकार प्रवीण गुरुङ मारिएको कुरा मैले भोलिपल्ट थाहा पाएँ । प्रवीण कास्कीकै काँडेका हुन् गाउँछन्-वर्छन् भन्नेसम्म थाहा थियो । नमस्ते ब्यान्डमा रुछन् । नमस्ते ब्यान्डकै ईश्वर गुरुङलाई म अघिदेखि नै चिन्थेँ ।
घटनाको पसर्िपल्ट बिहान उहाँले मलाई फोन गर्नुभयो र ुभाइ यस्तो घटना भयो  प्रवीणका ससाना छोराछोरी छन् हामीले के गर्न सकिन्छ गर्नुपर् यो । पारस सरकारसँग तपाईंको राम्रो सम्बन्ध छ । तपाईंले कुरा गर्नु पर् योु भन्नुभयो ।
मलाई कुरा ठीकै हो जस्तो लाग्यो । त्यही दिउँसो म नमस्ते ब्यान्डको कार्यालय गएँ । त्यो डिल्लिबजारको भित्री बाटोमा थियो अहिले कता छ थाहा छैन । त्यहाँ म पुग्दा त्यहाँ ईश्वर र ओमविक्रम विष्ट पनि थिए । ईश्वरले ुप्रवीणको परिवारलाई क्षतिपूर्तिका लागि पारससँग कुरा गर्नुपर् योु भने ।
त्यतिखेरसम्म पारसको शाहज्यादा पदवी खोस्नुपर्छ कारबाही गर्नुपर्छ भनेर सडकमा विरोध हुन थालिसकेको थियो । त्यसैबेला मैले पारसलाई भेटेँ र प्रवीणको परिवारलाई सहयोग गर्नुपर्ने भयो भनेँ । सडकमा नाराबाजी हुन थालेपछि पारस तनावमा थिए ।
ुके सहयोग गर्ने ु भनेर सोधे उनले । झर्के पनि । तर पछि ुमसँग पैसा छैनु भने । कति सहयोग गर्ने भन्ने कुरा पनि उठ्यो । मैले ुदस लाख जति गर्नुपर्छ किु भनेँ । ुत्यत्रो पैसा ु भने पारसले । तैपनि उनीहरुसँग प्रवीणको परिवारसँग कुरा गर्ने भन्ने कुरा भयो ।
मैले फेरी ईश्वरलाई भेटेँ । उनीहरुसँग यसपटक प्रवीणकी श्रीमती पनि थिइन् । उनको नाम शान्ति रहेछ । सुरुमा सात लाखको कुरा उठ्यो । मैले त उनीहरुले अलि बढी माग्लान् भन्ने ठानेको थिएँ ।
मैले फेरि निर्मल निवासमै गएर पारसलाई भेटेँ । उनले फेरि पनि भने-पैसा छैन  । त्यतिखेर उनीसँग पैसै हुन्नथ्यो भए पनि दुई चार हजार हुन्थ्यो । त्यति पैसाले त उनलाई छेऊ पनि लाग्दैनथ्यो ।
बाउ हाल राजा ज्ञानेन्द्र एकदम लोभी । मरिगए पैसा नदिने । त्यसैले पारस सधैँ पैसाकै तनावमा हुन्थे । दरबारमा कोही पनि तिनीहरु -प्रवीणको परिवार लाई पैसा दिने पक्षमा थिएन । त्यसै डिसमिस हुन्छ भन्ने लागेको थियो सबैलाई । तर सडकमा एकदम विरोध भएको थियो ।
ुसुरेन्द्र † जे गर्ने हो गरौँ तर यो झमेलाबाट पार पाउनुपर् योु भने पारसले । यता प्रवीणको फेमिलीले चाहिँ पैसा धेरै चाहिन्छ भन्न थाल्यो । आन्दोलन-सान्दोलन पनि चर्किएको थियो । खुब बार्गेनिङ चल्यो ।
पछि शान्ति दिदीले धेरै पैसा मागिन् । अँन्दोलन् चर्कदैं गएकोले पैसा धेरै माग्नुपर्छ भन्ने उहाँलाई लाग्योहोला । परिवार पाल्नुपर्ने जीवन धान्नुपर्ने एउटी असाहय नारीले हेर्नुपर्ने पनि यही हो । 
शान्ति दिदीलाई मनाउन साढे सोह्र लाख दिने कुरा भयो । तर त्यत्रो पैसा कसरी ल्याउने  पारसले कताकताबाट खोजखाज गरेर पचास हजार दिए मलाई । तर त्यो पैसाले के गर्नु  मलाई पनि ुप्रवीण त मर् यो मर् यो छोराहरुको बिजोग हुने भो पैसा अलि धेरै दिन पाए हुन्थ्योु भन्ने लागेको थियो । म दस लाख बैंकमा राखिदिन पाए त्यसको ब्याजले पुग्ला भन्ने सोच्दै थिएँ । तर उनीहरु प्रवीण गुरुङको परिवार मागेजति पैसा नभए नछाड्ने पक्षमा थिए ।
प्रवीणका दाइ पनि काँडे कास्की लुम्ले बाट आए ।  पारस र शान्तिले निर्मल निवासमा पारससँग छुट्टै कुरा पनि गरेका हुन् । पैसाको कुरा त्यसपछि नै ुफिक्सु भएको हो । उनीहरु कुरा गर्दा म थिइनँ ।
पैसा दिने भन्ने त कुरा भयो तर पैसा कसरी जुटाउने  बाउ ज्ञानेन्द्र खुंखार लोभी । फुटेको पैसा नदिने । पारससँग पैसा छैन । के गर्ने भन्ने कुरा भयो । त्यसपछि म होटल सोल्टीमा गएँ र सिद्धार्थ प्रभाकर शमशेरका छोरा लाई भेटेँे । सिद्धार्थ र पारसको दोस्ती थियो त्यतिबेला । मैले ुदस लाख दिनुपर् यो यस्तो यस्तो भयोु भनेँ । तर उनले मलाई पैसा दिएनन् विश्वास गरेनन् होला मलाई । पछि निर्मल निवासमै आएर पारसलाई दस लाख दिए । पारसले त्यो पैसा मलाई दिए ।
साढे दस लाख त पुग्यो । अरु ६ लाख मैले यताउताबाट खोजेँ । साढे सोह्र लाख पुर् याएपछि म नमस्ते ब्यान्डकै अफिसमा गएँ । घटना भएको बाह्र-तेह्र दिन भएको हुँदो हो त्यतिखेर । बाटामा आन्दोलन-सान्दोलन थियो अझै । मैले एकमुष्ठ साढे सोह्र लाख दिएँ शान्तिलाई । 
पछि मलाई फेरि धेरै पैसा उठाएर खायो सबै पैसा शान्तिलाई दिएन भन्लान् भनेर मैले पैसा बुझेको कागज नै गराएँ । पारसले कागज-सागजको कुरा गरेका थिएनन् । त्यतिखेर ईश्वर गुरुङ पनि साक्षी थिए अरु पनि थिए । मैले त्यो कागज निर्मल निवासमै गएर पारसलाई दिएको हुँ ।
पछि फेरि प्रवीणको फेमिलीले मलाई फोन गरेर छोरो पढाइदिनु पर् यो भने । पैसा मैले दिएको हुनाले सबै काम यसैले गर्ने होला भन्ने ठानेका होलान् । कता पढाउने कसरी पढाउने भन्ने कुरा भयो । उनीहरुले बूढानीलकण्ठ स्कुलमा भने । म गएँ । त्यहाँ प्रशानस प्रमुख रहेछन् पाण्डे भन्ने । प्रविणका छोरालाई भर्ना गरिदिन हामीले अनुरोध गर् यौं उनले  मानेनन् ।
मसँग सौजन्य जोशी पनि गएका थिए । उनी युवराज दीपेन्द्र सरकारका पीए थिए त्यतिखेर । नारायणहिटि हत्याकाण्डपछि उनलाई दरबारले अवकास दियो । उनी मेरा साथीको रुपमा त्यहाँ गएका थिए ।  ुबच्चा पढाउनु छ एकचोटी कुरा गर्न जानुपर् योु भनेपछि ुहुन्छु  भनेर उनी मसँग बुढानिलकण्ठ गएका थिए ।  तर त्यो पाण्डेले फेरि पनि मानेन । ुदरबारबाटै फोन आयो भने हुन्छ भने उनले । 
युवराजसँग कुरा भयो । उनले ुगर्दिनु भने । अब के गर्ने  सौजन्य र म फेरि बूढानीलकण्ठ गयौँ । त्यो सौजन्यलाई दरबारमा राजा मारिएपछि नारायणहिटी हत्याकाण्डपछि दरबारबाट हटाए ।
अँ हामी गएर पाण्डेलाई भेटेको अझै हुन्न भन्छ । ुयुवराजले फोन गरेको खैु भनेर निहुँ खोज्यो । हामीले अलि कडा कुरा गरेपछि बल्तल्ल एउटा बच्चा अमेरिका गएको छ भनेर हो कि केके गरेर मिलायो । प्रवीणको जेठो छोरा रुछ त्यो । बिजु गुरुङ हो नाम । त्यतिखेर तेह्र वर्षको थियो । सात कक्षामा हो जस्तो लाग्छ भर्ना गरेको । कान्छो दस वर्षको थियो ।
भर्ना गरेको र फिस-सिस के भनेर ९६ हजार लियो पाण्डेले । त्यो पैसा मैले आफैँले तिरेँ । पछि पनि मलाई फोन गरेको थियो- बूढानीलकण्ठबाट । फिस तिर्न पर् यो कि के भन्थ्यो मैले अब मसँग कुरा नगर भनेँ । कान्छो चाहिँ छोरालाई पछि दीपेन्द्र स्कुलमा हो कि कता हो भर्ना गरे रे भन्ने सुनेको थिएँ । अरु थाहा भएन ।
यो घटनापछि दरबारमा एकथरीले मलाई पैसा खायो भने । धेरै पैसा उठायो र खायो भने । अनि मलाई पनि बेक्कारमा सब गरिएछ यो दरबार त खत्तम ठाउँ रुछ जस्तो लाग्यो । पछि त मेरो सम्बन्ध पनि बिगि्रयो । निर्मल निवास जान पनि छोडें ।
भुजेल खड्गबहादुर भुजेल जसलाई तत्कालीन शाहज्यादा पारसको चालकका रुपमा पछि प्रहरी सामु पेश गरियो को कुरा मलाई धेरै थाहा छैन । त्यो अमीर गुरुङ ले गरेको हो । उसैको गाउँको हो भन्ने सुनेको हुँ । अरु थाहा छैन ।