Manisha defend King Ganendra rule 

 
कान्छा हजुर बा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुंदा पनि वीपीकी नातिनी मनिषा कोइरालाले राजा ज्ञानेन्द्रको शाही शासनकै प्रतिरक्षा गरेकी छिन । नेपाल इन्फोका लागि रामप्रसाद दाहालसंग उनको वार्ताः
तपाई भारतमा अभिनेत्रीका रुपमा चिनिनुहुन्छ तर नेपालमा राजनीतिक नेतृको भूमिकामा देखिनुहुन्छ किन ?
-त्यस्तो होइन । वास्तवमा भारतमा पनि म पटक-पटक त्यहाँका नेताहरुलाई भेट्छु उनीहरु पनि मलाई भेट्छन । 
यहाँ नेपालमा पनि म राजनीतिज्ञका रुपमा देखिन्छु होला । भारतमा पनि मलाई अभिनेत्रीको रुपमा मात्र नभै राजनीतिज्ञका रुपमा सम्बन्ध राख्छन् ।
उसो भए तपाई भावी राजनीतिको तयारी गर्दै हुनुहुन्छ हो ?
- मैले ुडिनाईु गरेको छैन राजनीतिमा आउछु या आउदिन भनेर । हो चाहना छ किनकी यस्तो परिस्थिति छ भने चुपचाप बस्नु ठिक हो भन्ने मलाई लाग्दैन । र जबसम्म आफू पूर्ण तयार हुन्न…॥ मलाई लाग्छ कि म राजनीतिमा नलागू । तर यस्तो परिस्थितिमा मुख थुनेर बस्दा पनि म खुसी रहूला जस्तो लाग्दैन । तर मैले यो केही वर्षपछिको लागि कुरा गरेको हुँ ।
कति समयछि सकि्रय राजनीतिमा देखिनुहुन्छ  ?
-राजनीतिमा आउने वातावरण पनि हुन्छ । केटाकेटीमै राजनीतिक वातावरणमा हुर्किएको दैनिक राजनीतिको कुरा सुनिएको देश÷विदेशको राजनीतिको जानकारी हुने राजनीतिक नेता तथा कार्यकर्तासँग भेटिएको हुन्छ । अनि राजनीतिक दिमाग त हुन्छ हुन्छ । पेशाका हिसाबले चिकित्सक चलचित्रकर्मी या अरु केही अंगालेको हुनसक्छ तर राजनीतिक परिवारकै कारण हुन सक्छ कि नआउने भन्दाभन्दै राजनीतिमा आइन्छ नै ।
यदि नेपालमा सबै कुरा राम्ररी चलिरहेको भए ठिकठाक थियो भने म अभिनेत्री भइरहनुमै खुसी हुन्थे । म आध्यात्मिक बाटोमा लाग्थे होला । मेरो आफ्नो सपना र चाहनाहरु छन त्यो पूरा गर्न लाग्थे होला । तर परिस्थिति बिग्रदै जाने स्थिति आउदा देशलाई केही योगदान दिने दायित्वबाट भाग्न चाहिँ सकिन्नँ ।
नेपालको सकि्रय राजनीतिमा लाग्न समय छ मलाई । मेरो आफ्नो व्यक्तिगत इच्छा लक्ष्य उदेश्य सपनाहरु पूरा गर्नु छ । मेरो जीवनसँग जोडिएका विषयहरु छन । तसर्थ सकि्रय राजनीति अलि टाढा छ । समय नै नतोकौ ।
म आध्यात्मिकतामा छु । मेरो जीवन के हो  यसको उदेश्य के हो  यदि उदेश्य छन भने जन्मेदेखि मृत्यु नहुँदासम्ममा पूरा गर्नुपर्छ ।
तपाई राजनीतिमा आउन इच्छुक त देखिनुभयो तर तपाई दरबारका पक्षमा रहेर कि काग्रेसमा रहेर ?
-मेरो हजुरबा वीपी कोइरालालाई ुफलोु गर्छु । मलाई उहाँले भनेको कुरामा विश्वास छ । जे कुरा उहाँले भन्नुभएको छ त्यो बिसे्रर हामी अगाडि बढ्नु हुँदैन । प्रजातन्त्र हाम्रा लागि अनिवार्य छ ।
ुकिङुलाई सहयोग भन्नोस्-नभन्नोस् त्यति खेर १९ माघपछिको स्थानीय निर्वाचन प्रजातान्त्रिक हो । प्रजातन्त्रमा चुनावमा विश्वास छ ।  त्यो प्रजातन्त्रका लागि र प्रजातान्त्रिक अभ्यास थियो । मलाई लाग्छ-राजा ज्ञानेन्द्र पनि प्रजातान्त्रिक हुन ।
तर प्रजातन्त्र आएपछि पनि कुनै व्यक्ति प्रधानमन्त्री भयो भने त्यसको आलोचना र विरोध भैहाल्थ्यो । कुनै पनि सरकारलाई पूर्णकालसम्म काम गर्न दिइएन । हामी काम गर्न समय नै दिदैनौ अनि काम सफल हुदैन ।
राजाले पनि तीन वर्षको समय मागेका थिए त्यो समय लामो हो भन्ने मलाई लाग्दैन । उनलाई समय दिनुपर् थ्यो । लोकतन्त्र आएको एक वर्ष भयो अहिले के भएको छ र  झन स्थिति बिग्रेको छ मारकाट चलिरहेकै छ उथलपुथल भएको छ । यो ठिक होइन् कि काम गर्ने समय नै नदिने । 
म अहिले पनि आग्रह गर्छु कि काम गर्न निश्चित समय दिऔं । विश्वास गरौं । तर यहाँ कसैले कसैको विश्वास गरेको छैन । जो शक्तिमा आए पनि उसप्रति नकारात्मक भैहाल्ने संस्कार नै बसिसक्यो । काम गर्न दिनु त कहाँ कहाँ उसलाई कसरी हटाउने भनेर लागिन्छ ।
शाही शासनका बेला भएको चुनावमा प्रचारप्रसारमै हिडेर गल्ती गरियो भन्ने लाग्दैन ?
- चुनाव प्रचारमा आउनु गल्ती थिएन । चुनाव प्रजातान्त्रिक प्रणाली हो । हो राजनीतिक दलले वहिष्कार गरे त्यो अर्कै कुरा हो । चुनावका लागि आउनु नआउनु मेरो छनौटको कुरा हो मेरो अधिकारको कुरा हो ।
त्यो चुनाव त अवैध ठहरियो नि ?
- खारेज भयो त के गर्ने  जित्ने बित्तिकै राम्रो हार्ने बित्तिकै नराम्रो भन्न त पाइदैन नि । त्यो त डरपोकले भन्ने कुरा हो । जिते पनि हारे पनि मैले गरे त गरे नि ।
१९ माघपछिको राजाको शासन शैलीसँग तपाई कति सहमत हुनुहुन्थ्यो  ?
-तीन वर्षको समय मागिएको थियो त्यो धेरै समय हो भन्ने मलाई लाग्दैन । तर तीन वर्ष लामो हो भनेर कसैले हो हल्ला गर्नु ठिक थिएन । बरु तीन वर्ष तपाईले माग्नुभयो हामीले दियौ काम भएन अब हामी गर्छौ भनेर दलहरु गएको भए म त्यसको पक्षमा हुने थिए । तर कामै गर्न दिइएन तीन वर्ष त कहाँ हो कहाँ  एउटा सरकार आयो भने हामी कामै गर्न दिँदैनौ ।
अहिले सानुबा गिरिजाप्रसाद कोइरालालाई कस्तो दुख परिरहेको छ । चुनाव भएन यो भएन भन्छन् मान्छेहरु । यो के हो  जो म गर्छु भनेर आउँछ उसको आलोचना हुन्छ उसलाई असफल पार्ने खेल हुन्छ । कामै गर्न दिइदैन् ।
अहिले गणतन्त्र गणतन्त्र भन्छन् । ल्याउनूस न गणतन्त्र । गणतन्त्र पछि के गर्नुहुन्छ तपाई  कसलाई दोष दिनुहुन्छ  अहिले त दरबार दरबार………॥दरबार… भनेर दोष दिइन्छ । गणतन्त्रपछि प्रचण्डलाई दोष दिनुहुन्छ तपाईलाई उसले गर्न दिन्छ ? 
हामी कहाँ नचाहिने कुरालाई झगडा हुन्छ । मुद्धा ल्याउनूस् राष्ट्रलाई कसरी अगाडि बढाउने भनेर सोच्नुस । के गल्ती भएको छ त्यो सपार्न लाग्नूस जनतालाई र देशलाई के चाहिएको छ त्यो गर्न पट्टि लाग्नूस् । जनताको दुख हेर्नूस् । यतातिर दिमाग लगाउनुको साटो झगडा गरिन्छ । 
नेपालमा के हुन लागेको हो थाहै छैन । माओवादीले के के गरिरहेका छन भनेर मैले अखबारमा पढिरहेको छु । अहिले गृहमन्त्री कृष्णप्रसाद सिटौला संचार मन्त्री कृष्णबहादुर महरा पनि माओवादीकै छन् । कसरी काम हुन्छ  माओवादीले आमसभा समेत हुन दिइरहेको छैन ।
नेपालमा अहिले मधेसी र पहाडीको द्धन्द्ध छ । कतिपय कांग्रेसका मानिसले हामी पनि बन्दुक उठाउछौ भनेको सुनेको छु । के रक्तपात नै गर्ने  बन्दुकै लिएर झगडा गर्ने  माओवादी नेताहरुले जिम्मेवार हुने या देखाउने हो भने आफूले गरेको प्रतिवद्धता पालना गर्नुपर्छ । निर्वाचनअघि हामी हतियार छोड्छौ नै भन्ने मनस्थिति देखाउनु पर् यो । लुटेको धनसम्पत्ति फिर्ता गर्नुपर् यो । यति गरे जनतामा विश्वास हुने छ कि माओवादीले पनि भनेको काम गर्दोरहेछ । यो माग हरेक व्यक्तिले गर्नुपर्छ माओवादीसँग । प्रधानमन्त्रीले पनि यही भन्नुपर्छ ।
चुनाव गराउने वातावरण माओवादीले नै बिगारेको छ भने सानु बा गिरिजाप्रसाद लाई दोष दिएर हुन्छ ?
हैन गृह मन्त्री त काग्रेसकै हुन नि ?
-काग्रेसको हो तर माओवादीको मान्छे भनिन्छ । थाहा छैन के हो  ?
विरोध हुन्छ भन्ने डरले तपाई तत्काल राजनीतिमा आउन हिच्किचाउनु भएको त हैन नि ?
- मलाई डर लाग्दैन । सही कुरा जे हो म त्यही भन्छु सही काम गर्छु भने किन डराउने  तर म यो चाहिँ भन्दिन कि सधै मैले गरेकै कुरा र काम सही हुन्छ गल्ती हुन सक्छ । मान्छेले सधै सही नै गर्छ भन्ने छैन । कही गल्ती बोलौला या गलत काम गरौला मान्छे भनेको त्यही हो । साथसाथै डराएर बस्ने मेरो बानी छैन । हास्दै तर राजनीतिमा समय अनुसार बोल्नु पर्ने रहेछ म त्यो जान्दिनँ । मलाई थाहा छैन कि म राजनीतिमा ुफिटु छु या छैन ।
तपाईले वीपीकै बाटो पछ्याउने कुरा गर्नुभयो तर समय अनुकुल उहाँको दृष्टिकोणमा हेरफेर गर्न जरुरी छैन र अब ?
- छ । ुरिभाइजु होइन कि उहाँले भनेको कुरा बुझ्नु पर्छ पहिला । नुबुझीकन कसरी ुरिभाइजु गर्नुहुन्छ  उहाँ दूरदृष्टि राख्नुहुन्थ्यो हामीमा अल्पदृष्टि छ । अहिले यो भयो भोलि के हुन्छ थाहा छैन । राष्ट्रिय अभियान प्रजातन्त्रका लागि चलाउनुभयो उहाँले । प्रजातन्त्र त आयो तर चलाउन कति गाह्रो भैरहेको छ  उहाँले पहिल्यै भन्नुभएको थियो-ुयस्तो समय नआओस् कि नेपालको राजनीति नेपालीको हातबाट विदेशीको हातमा जाने ।ु अहिले तपाईले देखिरहनु भएको छ सबैलाई थाहा छ कि के भइरहेको छ । त्यस्तो समय आयो कि आएन  ?
भनेपछि उहाँले भनेका कुरामा हेरफेर गर्नु जरुरी छैन ?
-मेरो हिसाबमा अझै वीपीकै बाटो हिड्नु पर्ने हो । कसैले त्यो बाटो नलिएकाले नै मुलुकमा यो दुर्गति भएको हो । यदि त्यो बाटो लिएको भए यस्तो समय आउने नै थिएन नलिएकैले गडबड भयो । हामीले वीपीलाई बिस्रदै गयौ वीपी जयन्तीमा फोटो राख्छौ भाषण गर्छौ उहाँले भनेको या सम्झाएको कुरा कोही काग्रेसले मानेको छैन । उहाँले भनेको कुरा न बुझिएको छ न त्यस अनुसार गरिएको छ ।
अब व्यक्तिगत कुरा गरौं-वीपीको नातिनी नभएको भए के हुनुहुन्थ्यो होला  ?
-हास्दै सायद एउटा अभिनेत्रीमात्र । अ…॥अ………अ………। थाहा छैन । उहाँको नातिनी नभएको भए कोइराला परिवारमा हुने थिइन सानैदेखि राजनीतिक चेनना हुने थिएन । <
काठमाडौं किन आउनुभयो आज बुधबार मुम्बइ फर्कदै हुनुहुन्छ यसअघि क कसलाई भेट्नु भयो  ?
- आमा बाबालाई भेट्न आएको हुँ नआएको ६ महिना भएको थियो । यसपछि मेरो सुटिङ छ त्यसमा व्यस्त हुने भएकाले ६ महिना जति आउन पाउदिन ।
आएको बेला मैले घरपरिवारलाई मात्र भेटे । सानु बा गिरिजाप्रसाद कोइराला घरपरिवारकै सदस्य भए पनि धेरै व्यस्त हुनुहुन्छ मैले भेटिन । तर साना बाद्धय मुन्दा डा। शशांक कोइराला श्रीहर्ष सुजाता दिदी भेटे । अरु मेरो साथीभाईहरु भेटे ।
राजासँग भेट् भएन ?
-भएन ।
तपाई चर्चाको शिखरमा पुग्नु भयो सफलताका कथा केही भनिदिनुहुन्छ ?
-ुस्ट्रगलु त जहिले पनि जुन सुकै ठाउँमा गर्नैपर्छ जीवनमा । लक्ष्य प्राप्त गर्न संघर्ष चाहिन्छ । तर मानिसले प्रयास गर्दा गर्दा केही भएन भनेर संघर्ष गर्न छोड्नु हुन्न । पैसा सुखमात्र होइन कि जीवनप्रति सोचेर हिड्नु पर्छ । यस्तो नसोचेर नै दुनियामा मारकाट द्धन्द्ध चलिरहेको छ ।
प्रख्यात वैज्ञानिक सिवीन हकिनले एक अन्तवार्तामा भनेका थिए-धर्तीमा मान्छेको भविश्य छैन रे । भविश्य छ त स्याटेलाइटमा छ ।ु धर्तिमा न्यूक्लियर बम ग्लोबल वार्मिङ र विनास छ ।
जीवनमा सधै संघर्ष गर्नुपर्छ योसँग डराउनु हुँदैन । काम गर् यो गर् यो फलै पाइएन भनेर निरास हुनुहुन्न । लगनसाथ काम गरिरह्यो भने फल पाइन्छ नै ।
हामी फिल्म क्षेत्रमा रहेकाले अलि बढी ग्यामर हुन्छ । तर ग्यामर र पैसामात्र हेरेकै कारण धेरै मानिस बिगि्रएका छन । सम्पत्ति क्यारियर समय बर्बाद गरेर केही न केही होला भनेर उनीहरु लगिरहेका हुन्छन । हामीले भगवान या प्रकृतिको सहारा लिएर सायद म यो बाटोका लागि ठिक रहेनछु क्यारे भन्ने बुझेर ह्निु पर्छ । काम गर्नु पर्छ मेहनत गर्नुपर्छ तर यो बाटो मेरो लागि हो कि होइन भन्नेमा सचेत पनि हुनुपर्छ ।
तपाई चलचित्रको संसारमा डुबेको मान्छे चलचित्रकर्मीहरुको रोमान्स निक्कै रोचक हुन्छ होला केही बताइदिनुस न ?
-हेर्नुस् युवती राम्री । धेरै मानिसलाई भेट्नुहुन्छ । तपाई प्रेममा फस्नुहोला त्यो भन्दा टाढा रहनु होला । यो जीवनको एउटा पाटो हो । चलचित्रमा भएकाले हाम्रो कुरा लेखिन्छ हल्ला हुन्छ । तर कसले उमेरमा प्रेम गर्दैन र ?
तपाईको नाम केही पुरुषसँग जोडिएर आउने गर्छ यसप्रति के भन्न चाहनुहुन्छ  ?
-त्यो कुरा मैले कहिल्यै अस्वीकार गरेको छैन त्यो मेरो व्यक्तिगत जीवनसँग गासिएको कुरा हो । मेरा मित्रहरु छन । म कस्तो हुँ भन्ने कुरा मुम्बइमा सबैले राम्ररी बुझेका छन । युवा पुस्ताका लागि प्रेम त एउटा चलन नै बनिसकेको छ । मैलेमात्र होइन पि्रटी जिन्टा होस् करिना कपुर आदिले पनि खुल्ला रुपमा मेरॊ ुब्वाइ फ्रेण्डु छ भन्ने गरेका छन ।

नेपाली काग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईले भने झै ुम अविवाहित हुँ तर कुमार होइनु भन्ने कुरा तपाईमा पनि लागू हुन्छ त ?
- म छाडा भएर बोल्न चाहन्न त्यसबारेमा । उहाँले त एउटा उमेरमा त्यस्तो भन्नुभयो होला तर मैले पहिलो चोटी सुने यो कुरा । 
तपाईको अहिलेको ुब्वाइ फ्रेण्डु ?
-ब्वाइ प्रुेण्ड छ नभनौ अब म विवाहतिर लाग्छु । मेरो उमेर भयो म विवाह गर्छु म धेरै बच्चा मन पराउछु ।
विवाह कति समयभित्र होला ?
-कोसित त एक सालभित्रै गर्ने हो ।
कोही छ छनौटमा ?
-छानेको छैन । तर मेरो रोजाई आधारभूत असलपन वौद्धिकता भएको राम्रो पनि ठिकठाक भएको होस् फोहोर नहोस् । 
नेपाली कोही त्यस्तो हुन सक्छ ?
- ुह्वाइ नटु  मेरो पहिलो रोजाई नेपाली नै हुनेछ । भएन भने म विदेशीसित विवाह गर्दा पनि ुमाइनु गर्दिन । तर म विवाह गर्न चाहन्छु बच्चा जन्माउन चाहन्छु म बच्चालाई माया गर्छु र म धेरै बच्चा होस् भन्ने चाहना राख्छु ।
अर्को प्रसंग-तपाईले नेपालमा हवाइ एम्बुलेन्स संचालनदेखि चलचित्र निर्माण गर्नेसम्मको कुरा गर्नुभयो तर काम भएन नि ?
-मलाई मुम्बइ जाने टिकट मिलाउन त ४&#247;५ दिन लाग्यो । यहाँको यस्तो स्थितिमा अहिले केही काम हुन सक्दैन । बन्द बन्द शान्ति स्थापना राजनीतिक स्थिरता नभएसम्म यहाँ केही काम गर्न सकिन्न ।
तपाईले आफ्नो पिता प्रकाश कोइरालाको राजनीतिलाई कसरी लिनुभएको छ  नेपाली काग्रेसले निष्कासन गरिदिएको छ राजाको शासनमा मन्त्री हुनुभयो । उहाँको राजनीतिक भविश्य कस्तो छ ?
-पहिला काग्रेसले निष्कासन गरेकाले नै उहाँ उता शाही शासनका बेला मन्त्री हुनुभएको हो । उहाँले फरक विचार राखेकैले काग्रेसले कारबाही गरेको हो । मलाई लाग्छ-ड्याडी ठिक हुनुहुन्छ आफ्नो विचारमा विचलित हुनुहुन्न । प्रजातान्त्रिक पद्धतिप्रति अडिग हुनुहुन्छ । जसले फरक मत सुन्दैन त्यो प्रजातान्त्रिक पार्टी हुन सक्दैन । फरक विचारकै कारण पार्टीबाट निकाल्नु ठिक होइन त्यो गलत कदम हो । शेरबहादुर देउवालाई पनि निकालियो । त्यो पनि गलत कदम थियो । यस्तै गल्ती दोहोर् याएकैले नेपाली काग्रेसको स्थिति कमजोर भएको हो ।
तपाईले यो सब कुरा बुझेरै मलाई प्रश्न सोधिरहनुभएको छ । म ड्याडीलाई ुगुड लकु भन्न चाहन्छु । सायद राम्रै गरेर जानु होला ।
सानुबा गिरिजाप्रसाद कोइराला पनि समस्यामा हुनुहुन्छ स्वास्थ्य स्थिति पनि कमजोर हुँदै गएको छ । उहाँले पनि पुरानो गल्ती सच्याउनु होला भन्ने लाग्छ र एउटा राम्रो बाटोमा देशलाई लानु होस भन्ने कामना गर्न चाहन्छु ।
तपाईले आफ्नो भाई सिद्धार्थलाई पनि साथसाथ लिनुभएको छ के तपाईको भाई त्यहाँ पुग्नुमा तपाईकै योगदान हो  ?
-उसले धेरै संघर्ष गर्नुपरेको थियो । मेरो भाई भएकाले मात्र त्यहाँ पुगेको होइन । उसले चलचित्र समेत बनायो । फिल्म चलेन तर ुपफरमेन्सु राम्रो थियो ।
तपाईले नै बनाएको फिल्म पनि त छ नि  ?
-पैसा असुल भन्ने चलचित्र प्रोड्यूस गरेको हुँ । तर त्यसमा मैले पैसा गुमाए हास्दै कति चाहिँ म भन्दिन । फेरि म त्यो काम गर्दैछु ।
तपाईले अस्लिल चलचित्रमा भूमिका निर्वाह गरेको चर्चा पनि सुनियो नि ?
-त्यो हल्ला ममाथिको अन्याय थियो । मैले त्यस विरुद्ध कानूनी बाटो लिए झगडा पनि गरेको थिए । त्यो मेरो चरित्र हत्या गर्ने प्रयासका लागि गरिएको हल्ला हो ।
अनि तपाई मदिरा र धुम्रपानमा लिप्त हुनुहुन्छ पनि भनिन्छ ?
-त्यो अरुको कुरा हो । सत्य चाहिँ के हो भने कोही कोही मानिसलाई धेरै नै बद्नाम गर्ने प्रयत्न गरिन्छ । कसैले चाहिँ कसैको हत्या नै गरे पनि त्यो घट्ना लुकाएर जोगाइन्छ । तर म दैनिक कति मदिरा पिउछु या चुरोट पिउछु भनेर तपाई या अरुलाई बताउन जरुरी ठान्दिन । यो कहिल्यै बताउने पनि छैन व्यक्तिगत कुरा हो । तर म अस्वीकार गर्दिन कि पार्टी या सभासमारोहमा लिदै लिन्न ।