Jim- IFJ,s coming president

मस्कोबाट रामप्रसाद दाहाल
जीम बुमेला । हो यिनै हुने भएका छन अन्तराष्टिय पत्रकार महासंघका भावी अध्यक्ष । जसले कि्रष्टोफर वारेनको स्थान पाउदैछ ।
बुमेला लण्डनको नेसनल युनियन अफ जर्नालिष्टका सदस्य हुन। उनलाइ चुनाव जिताउन युनियनको ठूलो टोली खटिएको छ ।
यद्यपी उनी अध्यक्षका एकमात्र उम्मेदवारका बनिसकेका छन । र पनि खसेको मतको ५१ प्रतिशत ल्याउनै परने आइएफजेको चलनका कारण उनी आफ्नो क्याम्पेनमा लागिरहेका छन ।
उनी काला जातिबाट आएका रहेछन ।
बुमेला निकै मेहनति र विश्वसनीय पात्रका रुपमा चिनिन्छन यतिमात्र नभएर उनी काला जातिका पत्रकारको हितको लागि बढी नै सकि्रय छन भन्ने जानकारी पाइएको छ ।
उनीसंग आइएफजेको विश्व सम्मेलन भइरहेको रुसमा भलाकुसारी गर्ने मौका मिलेको थियो । सम्मेलन सुरु भएको पहिलो दिन उनी, म, उनको युनियनकी अध्यक्ष लामो समय चुनावी कुराकानीमा थियौ । म उनीबाट प्रभावित भए । उनलाइ मैले नेपालमा पत्रकारहरुको स्ििथति दयनीय रहेको टेड यूनियन कमजोर रहेको बताए- उनी चिन्तित देखिए । हेरौ-आइएफजेका भावी सभापतिले नेपालका लागि अब के गरेलान । अहिलेलाइ उनलाइ धन्यवाद र वधाइ मात्र दिउ ।
अ अनि आइएफजेको वरिष्ठ उपाध्यक्षमा अरेजेन्टिनाबाट ओस्भाल्डो युरेवेटिया उपाध्यक्षका लागि केडी सिसी जसमिना पोपभिव मेजेड युनोनसको नामावली आएको छ । कोषाध्यक्षमा उली रिमेलको नाम आएको छ । यी नाम करिवकरिव पक्कापक्कि भैसकेक्ँे छ।

चुनावी चलखेल जारी छ ।