संचार गृहका संचालक त जनता अर्थात पाठकको शक्तिमा अडिनु पर्ने हो । पाठककै शरणमा जानु पर्ने हो ।
तर नेपाल एउटा यस्तो विचित्रको मुलुक हो जहां पत्रिकाका मालिकहरु आफ्नो सक्कली चरित्र देखाउदै राजाको शरणमा पुग्नछ ।
अनलाइन खबरले कामना प्रकाशन अर्थात नेपाल समाचारपत्रका मालिक आज दरबार छिरेको जनाएको छ । टेड युनियनको दवाव थेग्न नसकेर बुधबारदेखि प्रकाशन नै बन्द गरेका पुस्करलाल बुधबार अपरान्ह रन्थनिएर राजा ज्ञानेन्द्रको पाउमा पुगेका थिए ।
राजाको निरंकुश शासनका कट्टर समर्थक पुस्करलाल राजाकोमा जानु कुन अनौठो भयो र ।
यद्यपी उनले नेपाल इन्फोसित भेट अस्वीकार गरे । भने-म पनि पत्रकार हुं भेट भएको भए भनिहाल्थे नि । भेटेको कुरा तपाइले भनेपछि पो थाहा पाए ।
जय होस पुस्कर जी जनताको शरणमा नभै राजाको शरणमा गएकोमा । पशुपतिनाथले तिम्रो कल्याण गरुन ।