Home Minister and YCL
नेपालको इतिहासमै संविधान सभाको तिथि औपचारिक रुपमा तोकिएको छ ६ मंसिरका लागि । जेठ महिनामा चुनाव गराउन असक्षम आठ दलय रकारले अब चािहं संविधानसभा चुनाव गराइछाडलान भन्न सकिने एक इन्च पनि कारण छैन ।
यद्यपी आम नेपालीको चाहना ंविधान सभा होस भन्ने नै छ । निर्वाचन आयोगले भने मंसरमा पनि चुनाव हुन नसक्ने संकेत गरिदिएको छ ।
आज प्रमुख निर्वाचन आयुक्तले अहिले मुलुकमा शान्तसुरक्षा छ भन्न नसकिने उल्लेख गर्दै यही स्थिति कायम रहे स्वतन्त्र र निष्पक्ष निर्वाचन हुन नसक्ने बताए । पोखरेलको यो आवाज अमेरिकी पूर्वा राष्टसित वस्मस् का्टरदेखिका विदेशीहरुसंग मिल्दो छ । तर वास्तविकता पनि त्यही छ ।
मलाइ चािहं के लागेको छ भने गृह मन्त्रीको पदमा कृष्णप्रसाद सिटौला रहेसम्म र माओवादी वाइसियलको गतिविधि यस्तै रहिरहेमा मुलुकमा फेरि पनि चुनाव हुने छैन । तसर्थ संविधान सभा चाहने नै हो भने सिटौलालाइ गृह मन्त्रालयको जिम्मेवारीबाट च्यूत गरिनुपर्छ भने वाइसियल भंग गरिनु पर्छ अन्यथा सिटौला र वाइसियलको मलिेमतोमा संविधान सभा भांडने खेल चलिनै रहन्छ ।