अब मिडियाका 'सिताराम प्रसाइु'को भोज
by
Nepal Info
on Mon 04 Jun 2007 12:52 PM CEST |
Permanent Link
|
Cosmos
'Sitaram Prasai' in Media
प्रहरीले पक्राउ सूचीमा राखेका व्यापारी सिताराम प्रसाइको भोजमा माधव नेपाललगायतका नेताहरु गएको विषय सेलाउन नपाउदै मिडियाका ुसिताराम प्रसाइुको भोजमा नेताहरु फस्ने खतरा देखिदैछ । यहां मिडियाका प्रसाइ अरु कोही नभएर राजधानी दैनिकका मालिक महेन्द्र सेरचन हुन ।
प्रसाइ र यिनमा फरक के छ भने प्रसाइलाइ प्रहरीले पक्राउ वारेन्ट जारी गरेको छ भने सेरचन अदालतको अपहलेना मुद्धामा श्रम अदालतमा आफै तारेख खेपिरहेका छन । यसकारण सेरचन फैजदारी अभियुक्त हुन । उनी पक्राउ परे समान हुन ।
हो तिनै सेरचनले राजधानी दैनिकको वार्षिकोत्सवका अवसरमा २२ जेठका होटल सोल्टीमा भव्य भोज दिदैछन । तर काम गरिरहेका श्रमजीवी पत्रकार र राजधानी छोडिसकेका श्रमजीवीहरुको मोटो रकम दिन नसकिरहेका सेरचनलाइ सोल्टीमा भोज ख्वाउन लाखौ रुपैया कहांबाट आयो भनेर आश्चर्य मान्नु पर्ने स्थिति पैदा भएको छ ।
तर यो दिन पनि उनलाइ श्रमजीवीहरुले नछोडने भएका छन । श्रमजीवी पत्रकारहरुको एक समूहले बक्यौता भुक्तानी नदिए वार्षिकोत्सव भाडने चेतावनी सहितको पत्र आज राजधानीको चाबहिलस्थित कार्यालयमा बुझाएका छन । उनीहरुले नेपाल पत्रकार महासंघ संचार मन्त्री र श्रमजीवी पत्रकार संघर्ष समितिलाइ पनि वोद्यार्थ पठाएका छन ।
यदि बक्यौता नदिए राजधानीमा काम गरेर छोडिसकेका पत्रकारहरुको टोलीले राजधानीको वार्षिकोत्सवका साथै सोल्टीको पार्टी बिथोल्ने योजना बनाएका छन ।
सायद राजधानीको यो भोज सबैका निम्ति ुनिल्नु न ओकल्नु हुने देखिदैछ । किनकी सिताराम प्रसाइको भोज खाएर जति नेता बदनाम भए यो भोज खान जानेहरु पनि लफडामा पर्ने सम्भावना छ । श्रमजीवी पत्रकारहरुले भोज खान जाने या राजधानीको वार्ििषकोत्सवका अवसरमा हुने समारोहमा धर्ना दिनुका साथै अतिथिहरुलाइ कालो झण्डा देखाएर स्वागत गर्ने तयारी गरिरहेका छन ।
यतिमात्र नभएर सेरचन अहिले श्रम अदालतमा अपहेलना मुद्धामा तारेख खेपिरहेका छन भने सर्वोच्च अदालतमा श्रमको फैसला विरुद्ध मुद्धा दिएका छन । तिनले यो भोजमा न्यायाधीशहरुलाइ पनि बोलाएको बुझिएको छ मुद्धा प्रभावित पार्न । हेरौ न्यायाधीशहरु कति इमान्दार देखिएलान ।