Mahara's nexsus with royalist

आजकाल संचारमाध्यममा विभिन्न पात्रहरु माओवादीमा प्रवेश गरेको समाचारहरु आउंछ । त्यसमा पनि राजाको निरंकुश सत्ताको जुठो खाएकाहरुकै संख्या होला भनेर अनुमानमात्र गर्नु परेन तथ्यहरुले नै यसलाइ पुष्टि गरिदिएको छ ।
शाही शासनकालमा लोकतन्त्रवादी पत्रकारलाइ छानीछानी हटाउने र शाही शासनको भजन गाउने राजधानी दैनिकको वार्षिकोत्सवमा संचारमन्त्री कृष्णबहादुर महरा प्रमुख अतिथि हुनुले एउटा प्रमाण नै हो ।
अनि अर्को आश्चर्य चािहं के भने प्रधानमन्त्ती गिरिजाप्रसाद कोइरालाले पनि राजधानीलाइ लोकतन्त्रको पक्षमा खेलेको भूमिकाका निम्ति सराहना गरेछन । क्या महान कोइराला जसको विज्ञप्ति छापेकै भरमा राजधानीले पत्रकारको जागिर खोस्यो उही पत्रिकाले लोकतन्त्रका लागि योगदान गर् यो रे । वा !
अ अब माओवादीकै कुरा जोडौ । स्थानीय विकास मन्त्तालय अन्तर्गतको गुम्बा विकास समितिको अध्यक्षमा पनि माओवादीले शाही शासनका सहयोगी पात्रलाइ नै नियुक्त गरेछ । अहिले माओवादी संगठनमा विगतमा अपराधमा कुख्याति कमाएकाहरु राजाको शासनका जुठो खाएकाहरुको हुल नै प्रवेश गरिरहेका छ । वा !माओवादीको क्रान्तिकारिता । यही भएर होला महराले राजावादी पत्रिकाका मालिकलाइ आज धाप मारेको ।
अ अनि श्रमजीवी पत्रकारलाइ पारिश्रमिक नदिने पत्रिकाले सोल्टीमा अहिले भव्य भोज दिइरहेको छ रे । सुन्दै आश्चर्य लाग्यो । त्यो भोजमा कस्ताकस्ता पात्र गएछन भन्ने चािहं पछि लेखौला । जुन सिताराम प्रसाइको भोजमा माधव नेपालहरु गएको खबर जस्तै रोचक नै हुनेछ ।