Party in Palace
अर्थमन्त्री डा. रामशरण महतले दरबारका लागि साढे १२ करोड रुपैयाँ बजेट छुट्ट्याइएको सार्वजनिक अभिव्यक्ति दिएपछि हिजो साँझ राजा ज्ञानेन्द्रले भोजभतेर गरेका छन ।
ज्ञानेन्द्रले हिजो साँझ ८ बजेदेखि ुमेस पार्टीु दिए ।
भोजमा पूर्व सैनिक सचिव टिका धमला विजयबिक्रम खड्का कर्णेल निरन्जन कार्की सैनिक प्रहरीका कर्णेल राजकुमार खत्रीलगायत आसेपासे सहभागि भएका थिए ।
बजेट वक्तव्यमा दरबारलाई रकम नछुट्ट्याइए पनि हिजो अर्थ मन्त्री डा. महतले बजेटबारे औपचारिक जानकारी गराएको खुसाीयालीमा भोज आयोजना गरेको बुझिएको छ । भोजमा मदिरापान पनि गराइएको थियो ।
अर्थमन्त्रीले दरबारलाई बजेट छुट्टयाइएको जानकारी गराएबाट नेपाली काग्रेस पनि सेरेमोनियल राजतन्त्रमा अड्ने बलियो सम्भावना भएको र राजाको गद्धी जोगिने विश्लेषणका साथ भोज गरिएको हो ।