चैत २८ अर्थात नेपालको इतिहासमा पहिलोपटक संविधानसभा चुनाव भइरहेको दिन । यो युगान्तकारी दिनमा जनताको उत्साह रहरलाग्दो छ । सम्भवत यही भएर होला २००७ देखि संविधान सभा चुनावका विरुद्ध षडयन्त्र गर्दै आएको दरबार अर्थात शाहवंशको अन्तिम राजा सायद ज्ञानेन्द्रले समेत यसको स्वागत गरेका छन ।
हिजो उनले संविधानसभा चुनावमा सहभागी हुन आह्वान नैगरेका छन् । विज्ञप्तिमार्फत ज्ञानेन्द्रले सार्वभौम जनताको निर्णय बमोजिम प्रजातान्त्रिक पद्दतिको माध्यमबाट राष्ट्रको समून्नति होस् भन्ने आफ्नो एक मात्र चाहना रहि आएको समेत बताएका छन् ।
उनले ुकूनैपनि परिस्थितिमा राष्ट्रको अस्तित्व स्वतन्त्रता र अखण्डतामा आंच नआवस ु भन्दै विज्ञप्तिमा ुसंविधानसभाको निर्वाचनमा परस्पर सद्भाव र एकता कायम राख्दै स्वच्छ निष्पक्ष धादलीरहित एवं भयमुक्त वातावरणमाु तथा ुप्रजातान्त्रिक हकको प्रयोगमाु सहभागी हुन सम्पूर्ण वालिग नागरीकहरुलाई आह्वान गरेका छन् ।
राष्ट्रप्रमुखको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संविधानसभा चुनावलाई सार्थक बनाउन देशवासीहरुलाई अपिल गरेका छन् । कोइरालाले गरेको अपिलमा चुनाव नयां युगको ढोका खोल्ने माध्यम भएको उल्लेख गर्दै भय र आशंका मुक्त भएर चुनावमा मत दिनसमेत आग्रह गरेका छन् ।
उनले संविधानसभा चुनाव कसैको हारजीत नहुने र जनताको जीत हुनेसमेत बताएका छन् । संविधानसभा चुनावबाट ऐतिहासिक जनआनदोलनको लक्ष्य पूरा हुनेसमेत प्रधानमन्त्रीले आफ्नो सन्देशमा भनेका छन् । संविधानसभा चुनाव पछि समेत राजनीतिक दलहरुबीच सहमतिको आवश्यकतामा जोड दिएका छन् ।
राजनीतिक दलहरुलाई संयम र धैर्य अपनाउन आग्रह गर्दै उनले जनताको मतलाई कदर गर्न पनि प्रधानमन्त्री कोइरालाले आग्रह गरेका छन् । देशका केही भागमा जनतालाई आतंकीत पार्ने घटना भए पनि छानवीन गरेर दोषीमाथि कारवाही गर्ने समेत उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।
माओवादी अध्यक्ष प्रचण्डले संविधानसभा चुनाव सफल पार्न पार्टी पंक्ति र जनसमुदायसंग ुविशेष अपीलु गरेका छन् । प्रचण्डले चुनाव सफल पार्नका लागि जनता एकजुट हुनुपर्ने बताएका छन् ।
ुअनवरत संघर्ष त्याग र बलिदानको श्रृंखला पछि एउटा ऐतिहासिक अवसर र उत्सवकारुपमा संविधानसभाको निर्वाचन नेपाली जनताको घर आंगनमा आइपुगेको छ ु प्रचण्डले भनेका छन् ुपुरानो सामन्ती र भ्रष्ट विचार मूल्य र नेतृत्वका विरुद्ध नयां गणतान्त्रिक विचार मूल्य र नेतृत्व स्थापित गर्न भोली चैत्र २८ गते हुने युगान्तकारी संविधानसभाको निर्वाचनलाई सफल पार्न सम्पूर्ण नेपाली जनता एकजूट हुनु अनिवार्य छ ।
|
|
||||||||||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
चैत २८ अर्थात युगान्तकारी दिन र 'जनविरोधी' ज्ञानेन्द्र
Comments
No comments found.
Trackbacks
TrackBack URL: Weblogs that reference this article:
|
Categories
This Month
Month Archive
|
||||||||||||||