मत परिणाम आश्चर्य लाग्दो आइरहेको छ एमालेले किल्ला ठानिरहेको काठमाडौंका सबै क्षेत्रबाट हार्नु पर्ने स्थिति देखिएको छ । देशभरबाट आइरहेको मतपरिणामको स्थिति यहां प्रस्तुत गरिएको छ । यस्तै
विरगंजमा मतगणना केन्द्र बाहिर ढुंगा हानाहान भएको छ अन्यत्र पनि तनाव कायम छ ।
कतै परिणाम आइसक्यो कतै मतपेटीका मतगणना गर्ने स्थानमा समेत आइपुग्न सकेको छैन । कतै कतै धांधलीको उजुरीका बारेमा सहमति हुन नसकेपछि मतगणना हुन सकेको छैन । राजधानीको क्षेत्र नम्बर एकको विजयी उम्मेदवारले र्याली निकालेपनि कतै कतै भने अझे अन्यौल कायम छ । कुन कुन जिल्लामा के के भइरहेको छ त विष्तृत विवरण भित्र
काठमाडौं१ प्रकाशमान िसंह विजिय
२ कांग्रेसका उम्मेदवार दिपक कुंइकेल अगािड
३ एमालेका उम्मेदवार अगािड
४ मा कांग्रेस अगाडि १४७५५ कांग्रेसका उम्मेदवार नरहरी आचार्य अगािड
६ एमाले उम्मेदवार योगेश भट्टराइ अगािड
७ मत परिणाम सार्वजनिक भएको छैन ।
८ मत परिणाम आएको छैन ।
९ मत परिणाम आएको छैन
१० माओवादी अध्यक्ष प्रचण्ड अगािड
ललितपुर
१ मा मतगणना भएको छैन । २ वजेवाट मतगणना शुरु गर्ने तयारी
२ मा २८ वटाको गनियो । कांग्रेस अगाडि ५४२५
३ मा २८ वटा गनियो । माओवादी उम्मेदवार पम्फा भुषाल अगाडि ५५४२
भक्तपुर१ नेपाल मजदुर किसान पार्टी अगािड
२ नेपाल मजदुर किसान पार्टी अगािड
रामेछापमतपेटीका आउनेक्रम जारी रहेको छ । र्दुगम क्षेत्र भएकाले निक्कै समय लाग्छ रे । बेलुकासम्ममा सबै मत पेटीका आएपनि गणना शुरु हुनसक्छ । रामेछापमा २ वटा निर्वाचन क्षेत्र छ ।
डडेल्धुरा
सबै क्षेत्रको मतदान बाकस आइसक्यो । २ वजेवाट गणना शुरु हुने ।
सुनसरी२ क्षेत्रको मतगणना शुरु भएको । मतपत्र आइसक्यो । ३ र ५ मा तनाव भएपनि स्थगीतको माग । १ र ६ मा सर्वदलय बैठक बसेपनि सहमति हुन सकेन ।
रसुवा४९ वटा मतदान केन्द्रको मतपेटीका बल्ल आयो । अब गन्ने तयारी
पाल्पा
पाल्पाको २ वटै निर्वाचन क्षेत्रमा माओवादी उम्मेदवार अगाडि ।
रौतहटमतपेटीका गौरमा आइपुगिसक्यो । शुरक्षा कडा छ । मत गणना शुरु हुन सकेको छैन । २३४ र ६ मा धांधली भएको उजुरी परेकाले गणना शुरु हुन सकेन । १ र ५ मा गन्ने काम शुरु गर्ने तयारी ।
सोलुखुम्बुमतपेटीका ल्याउने काम शुरु भएको छ । ५२ वटा केन्द्रवाट मतपेटीका आइपुग्यो । ६१ वटाको आउन बांकी । विकट भएकाले हेलिकप्टर प्रयोग गरिने ।
सिराहामतगणना शुरु हुनुपर्नेमा आन्दोलन शुरु भएको छ । १६ वटा बुथ कांग्रेसले कब्जा गरेको आरोप लगाउंदै एमाले आन्दोलनमा ।
नवलपरासी६ वटा निर्वाचन क्षेत्र मध्ये चार नम्बरको मतगणना । माओवादी अगाडि । ५ नम्बरको गणना शुरु भयो । क्षेत्र नम्बर ३ को एक स्थानमा मतदान स्थगीत ।