-रामप्रसाद दाहाल

राजनीतिक सुझबुझ नभए पनि नेपाली राजनीतिमा सुजाता कोइरालाको नाम जबरजस्त रुपमा अगाडि आएको छ । अहिले उनी सबै भन्दा विवादित पात्रको सूचीमा दर्ता भएकी छिन् ।
उनी विवादको केन्द्रमा रहनुका धेरै कारण छन् । त्यसमध्ये नेपाली कांग्रेसमा अधिनायकवाद लाद्दै आएका उनका पिता गिरिजाप्रसाद कोइराला नै प्रमुख कारक हुन् । सुजाताले पछिल्लो चरणमा जे जति राजनीतिक हत्कण्डा अपनाएकी छिन् त्यो पिताको आर्शिवादकै कारण सम्भव भएको जो कोहीले बुझ्ने कुरा हो ।
मन्त्रिपरिषद्मा कांग्रेस कोटाबाट टोली नेताको जिम्मेवारी पाएकी परराष्ट्र मन्त्री सुजाताका पछिल्ला कदम अराजनीतिक मात्र होइन सभ्य समाजले पचाउनै नसक्ने खालको छ । जनताबाट अस्वीकृत सुजाताले बाबुको कृपाबाट जे ...   more »