-रामप्रसाद दाहाल

राजनीतिक सुझबुझ नभए पनि नेपाली राजनीतिमा सुजाता कोइरालाको नाम जबरजस्त रुपमा अगाडि आएको छ । अहिले उनी सबै भन्दा विवादित पात्रको सूचीमा दर्ता भएकी छिन् ।
उनी विवादको केन्द्रमा रहनुका धेरै कारण छन् । त्यसमध्ये नेपाली कांग्रेसमा अधिनायकवाद लाद्दै आएका उनका पिता गिरिजाप्रसाद कोइराला नै प्रमुख कारक हुन् । सुजाताले पछिल्लो चरणमा जे जति राजनीतिक हत्कण्डा अपनाएकी छिन् त्यो पिताको आर्शिवादकै कारण सम्भव भएको जो कोहीले बुझ्ने कुरा हो ।
मन्त्रिपरिषद्मा कांग्रेस कोटाबाट टोली नेताको जिम्मेवारी पाएकी परराष्ट्र मन्त्री सुजाताका पछिल्ला कदम अराजनीतिक मात्र होइन सभ्य समाजले पचाउनै नसक्ने खालको छ । जनताबाट अस्वीकृत सुजाताले बाबुको कृपाबाट जे जति पद प्राप्त गरेकी थिइन् वा छिन् त्यो कामका हिसाबले बोक्नै नसक्ने भारी थियो । त्यही कारण उनी भारी बोकेर गन्तव्यमै नपुगी थकित भइन् । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा उनले देखाएको बुख्याचा राजनीतिक शैलीले उनी राजनीतिक पात्र होइनन् भन्ने संकेत मिलेको छ । कहिल्यै दुःख नभोगेकी र नेपाली समाजलाई राम्ररी नबुझ्ने उच्च घरानीयाकी सुजाताबाट अब पनि राजनीतिक चरित्र प्रकट होला भन्ने आशा गर्ने ठाउँ छैन् ।
प्रधानमन्त्री भारत भ्रमणमा गएको दिन अर्थात भदौ २ गते क्षणभरमै घाँटीमा समस्या भएर मुर्छा परिछन् बिचरा सुजाता म्याडम  त्यो पनि प्रधानमन्त्रीसँगै प्लेन चढेर दिल्लीसम्म जान नसक्ने गरी
तर त्यसको तेस्रो दिन अर्थात भदौ ५ गते उनी यति स्वस्थ्य देखिईन कि प्राध्यापक संघको कार्यक्रममा पुगेर निकै तिखो स्वरमा भाषण नै गरिन् । त्यहाँ पनि उनले नर्भिक अस्पतालमा घांटीको परीक्षण गरेको झुटो बयान दिइन । नर्भिक अस्पतालका चिकित्सकहरुले उनी चार हप्ताअघि मात्र पेटको समस्या लिएर आएको बताएर सुजाताको झुट पर्दाफास गरिदिएका छन । 
प्रधानमन्त्रीको भारत भ्रमणको पूर्व तयारी गर्ने क्रममा नयाँ दिल्ली गएर फर्केकी सुजाता म्याडम एकै क्षणमा नसक्ने भएछिन् -नेपालका अधिकाशं छापामा आएका समाचार यस्तै थियो । हुंदै नभएको कुरा नेपाली मिडियामा आउनु दुखद कुरा हो ।
सत्य चािहं के रहेछ भने प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा दिल्ली गएको बेला सुजातालाई केही भारतीय नेताले तिमि नेपालको प्रधानमन्त्री भएको हेर्न चाहन्छौ भनेर उक्साएका रहेछन । अनि उनले भनेकी रहेछिन- म प्रधानमन्त्रीको भारत भ्रमणमा आउंदा उपप्रधानमन्त्री बनेर आउने छु । अनि तपाइहरुको आशिर्वाद पाए प्रधानमन्त्री हुन कति बेर लाग्छ र । 
यस्ताले देशको रक्षा कसरी गर्लान भन्ने प्रश्न छंदैछ । त्यस भन्दा पनि खतरनाक कुरा के हो भने राजतन्त्रको पतन भएपछि नेपालमा निरंकुशता हटला छोटे राजा या राजकुमारीहरु नजन्मिएलान भन्ने जनअपेक्षा थियो । तर सुजाता नयां राजकुमारीको रुपमा उदाएकी छिन ।
वंशको आधारमा राजनीतिक शक्तिमा पुग्नु भनेको राजकुमारी हुनु नै हो । अझ सुनिदैछ उनलाइ सभासदमा मनोनित गिरंछै छ रे । यो नेपाली जनतालाई सैह्य छैन गिरिजा बाबुले यति बुझून । 
हुन त भ्रमणमा नगएर सुजाताले प्रधानमन्त्रीको अपमान गरेकी थिइन । तर गिरिजाप्रसादले प्रधानमन्त्री बनाइदिएका माधव नेपालले सुजातालाइ कारबाही गर्ने आंट गरेनन । अनि कांग्रेसका नेताहरुले पनि सुजातासंग बयान लिए । तर त्यसले पनि रौ हल्लाएन सुजाताको । अनि गिरिजाप्रसाद कोइरालाले निवासमा बोलाएर गुलियो चिया पिलाएको भरमा कांग्रेस नेताहरुले सुजातालाई माफ गरिदिए । सत्य यही हो ।