THOUSAND OVER ARRESTED
निरंकुश राजतन्त्र ढाल्न सात राजनीतिक दलले आयोजना गरेको आमहड्तालको पहिलो दिन सानदार सफल भएको छ । २४ चैतका दिन आमहड्ताल सफल पार्न सडकमा निक्ले गोली हान्ने सरकारी धम्कीलाई चुनौती दिंदै सडकमा उत्रेकाहरुमाथि ब्यापक दमन, धरपकड गरियो । राजधानीबाट पाँच सय जना पक्राउ परेका छन । अधिराज्यभरबाट एक हजार भन्दा बढी गिरफ्तार भएको दलहरुले जनाएका छन ।